१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असोज २५ मंगलबार १२:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दसैँ सकियो, तैपनि सुनसान छ सिंहदरबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार १२:o७:oo

दसैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरू जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ । दसैँ सकिएर सरकारी कार्यालयहरू खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यति बाक्लो देखिँदैन । नेता र मन्त्रीहरू निर्वाचन प्रयोजनार्थ आफ्नो जिल्ला जाने क्रम बढेसँगै सिंहदरबार सुनसान बनेको हो । 

मन्त्रीहरू निर्वाचनका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता–कार्यकर्ता र सर्वसाधारणको भिड कम छ । मन्त्री तथा नेताहरू आफ्नो निर्वाचन जिल्ला तथा क्षेत्रमा गएकाले पनि सिंहदरबारमा मन्त्री तथा कर्मचारी त्यति देखिएका छैनन् । मंगलबार पनि सिंहदरबारमा मानिसहरूको आवतजावत निकै कम देखिएको छ । 

आइतबार कोजाग्रत पूर्णिमादेखि दसैँ औपचारिक रूपमा सकिए पनि सरकारी कामकाज सुरु भइसक्दासमेत दसैँ बिदामा गएका कर्मचारी फर्किसकेको अवस्था छैन भने मन्त्रीहरू पनि निर्वाचनका लागि दौडिरहँदा मन्त्रालयमा आउने सेवाग्राही तथा सर्वसाधारणको भिडभाड घटेको हो । हाल मन्त्रालयमा सीमित कर्मचारीलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । 

यता पछिल्लो केही दिनयता देशभर वर्षा हुँदा भएको जनधनको क्षतिका कारण पनि  नेता तथा मन्त्रीहरू विभिन्न जिल्लामा पुगिरहेका छन् । वर्षाका कारण सडकहरू भत्किँदा राजधानी फर्किनेहरू सहजै, समयमै राजधानी काठमाडौं फर्किन सकिरहेका छैनन् । यसले पनि सिंहदरबार जानेहरूको संख्या घटाएको छ । दैनिक हजारौँको संख्यामा मानिस सिंहदरबार प्रवेश गर्ने भए पनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरू र सवारीसाधनहरू देख्न सकिन्छ ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयलगायतका मन्त्रालयको अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीहरूको संख्या न्यून मात्रामा देखियो ।