मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका म्याड्रिड
२o७९ असोज २५ मंगलबार o७:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

म समलिंगी हुँ : कासिलास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याड्रिड
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार o७:३१:oo

विश्व च्याम्पियन खेलाडी इकेर कासिलासले आफू समलिंगी भएको घोषणा गरेका छन् । स्पेनिस क्लब रियल म्याड्रिड र स्पेनको राष्ट्रिय टोलीकै लिजेन्डर गोलरक्षक कासिलासले आइतबार एक अन्तर्वार्तामा आफू समलिंगी भएको बताएका हुन् । ‘म समलिंगी हुँ,’ सन् २०१० को विश्वकप विजेता खेलाडी कासिलासले भने, ‘मलाई विश्वास छ, यो घोषणासँगै मलाई तपाईंहरूले सम्मान गर्नुहुनेछ ।’ उनले खेलकुद पत्रकार सारा कार्बोनेरोसँग पाँच वर्षअघि विवाह गरेका थिए । २०२१ मार्चमा दुईबीचको सम्बन्ध टुंगिएको छ । कासिलास दुई छोराका बुबा हुन् ।

साथीकै पथमा 
कासिलास स्पेनिस फुटबलमा समलिंगी घोषणा गर्ने पहिलो खेलाडी होइनन् । यसअघि बार्सिलोनाका पूर्वकप्तान कार्लोस पियुलले पनि समलिंगी भएको बताएका थिए । कासिलासले लामो समयसम्म साथी कार्लोसको समर्थन गरेका थिए । कासिलासले सन् २०२० बाट सन्न्यास लिएका थिए । पोर्टाेबाट उनले अन्तिम खेल खेल्दै फुटबल करिअरलाई समाप्त गरे । 

सन् २००८ मा स्पेनले युरोकप र २०१० मा स्पेनले पहिलोपटक फिफा विश्वकप उपाधि जित्दा कासिलास र कार्लोस प्रमुख खेलाडी थिए । कासिलासले दुईपटक युरोपियन च्याम्पियनसिप र पाँचपटक ला लिगा उपाधि जितेका छन् । घरेलु फुटबलमा उनले म्याड्रिडबाट च्याम्पियन्स लिगको उपाधि तीनपटक उचालेका छन् । कासिलासले स्पेनको राष्ट्रिय टोलीमा २२ वर्ष बिताएका थिए । उनले म्याड्रिडबाट लगातार २५ वर्ष खेले । यसक्रममा उनले १९ ट्रफी हात पारेका थिए । सन् २०१० देखि २०१५ सम्म कप्तानी जिम्मेवारीमा रहे । 

कासिलासले सन् २००४ देखि २००८ सम्म सौन्दर्य प्रतियोगिताकी विजेता इभा गोन्जालेजसँग डेटिङ गरेका थिए । उनको यो सम्बन्ध धेरै टिकेन । कासिलास पछि कार्बोनेरोसँग जोडिए । कासिलास र कार्बेनेरोबीचको सम्बन्ध सन् २०१० को विश्वकप फुटबल प्रतियोगिताका दौरान सार्वजनिक भएको थियो । दक्षिण अफ्रिकामा विश्वकप उपाधि उचालेपछि मैदानभित्रै कासिलास र कार्बोनेरोले आपत्तिजनक व्यवहार गरेका थिए । सन् २०१६ मा कासिलास र कार्बाेनेरोबीच विवाह भएको थियो ।