मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज २४ सोमबार २०:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङस्थित आइएमईमा दिनदहाडै डकैती, तीनजना पक्राउ 

Read Time : < 1 मिनेट
२०७९ असोज २४ सोमबार २०:०४:००

ताप्लेजुङ जिल्लाको मुटु वीरेन्द्र चोकमा आइएमई मनी ट्रान्सफर दिनदहाडै डकैती गरेको आरोपमा तीनजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। गत असोज १७ गते बिहान ९ बजेर २१ मिनेट जाँदा फुङलिङ नगरपालिका- ५ वीरेन्द्र चोकमा रहेको कञ्चन मनी ट्रान्सफरबाट करोडौँ रुपयाँ लुटिएको थियो। 

सो लुटपाटमा संलग्न भएको भन्दै फुङलिङ नगरपालिका- २ बस्ने २९ वर्षको राजन पर्तेल भन्ने राजायन्द्र पोर्तेललाई सोही दिन २ बजे पक्राउ गरेको हो। मुख्य योजनाकार भएको र उसकाे साथबाट धेरै सामान बरामत भएकोसमेत प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले बताए। 

मुख्य योजनाकारका रूपमा रहेका पोर्तेल समातिएपछि अन्य अभियुक्त समात्नसमेत सहयोग पुगेको प्रहरी उपरीक्षक राईले बताए। साथै, अर्का झापा जिल्ला शिवसताक्षी नगरपालिका- १ बस्ने २६ वर्षको चुनबहादुर सुनारलाई सोही नगरपालिकाबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रनाउ राईले बताए।

सो डकैतीमा संलग्न भएको आरोपमा झापाको अर्जुनधारा- १० बस्ने २५ वर्षका मणिराज पर्तेललाई पनि झापा प्रहरीको सहयोगमा पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयबाट करिब १ सय मिटरको दुरीमा रहेको अम्बर श्रेष्ठले सञ्चालन गरेको आइएमई आज बिहान लुटिएको बताइएको छ।  लुटपाटमा नगद ११ लाख ५५ हजार र सुन गरी करिब ९ करोडबराबरको सामान लुटिएको प्रारम्भिक अनुमान गरिएको छ।