मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज २४ सोमबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ असोज २४ सोमबार o९:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘कांग्रेसले प्रत्यक्षमा दलित समुदायलाई एउटै टिकट नदिनु घोर अन्याय हो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २४ सोमबार o९:४३:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ दलित समुदायलाई एउटै पनि टिकट नदिनु घोर अन्याय भएको बताएका छन्। कांग्रेसले टिकट वितरणका क्रममा प्रत्यक्षमा दलित समुदायको शून्य प्रतिनिधित्व भएको विषयमा नयाँ पत्रिकासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले निर्वाचनमा नेतृत्वले यसको जवाफ दिन सक्नुपर्ने बताए ।उनले नेतृत्वले गठबन्धनमा मतको आधार कमजोर रहेको पार्टीलाई भनेजति सिट दिन तयार भए पनि आफ्नै पार्टीभित्र टिकट वितरणमा भने समावेशी बन्न नसकेको भन्दै आक्रोश पोखे। ‘कांग्रेसमा ४५ हजार क्रियाशील सदस्य रहेको दलित समुदायलाई एकै स्थानमा पनि प्रत्यक्षतर्फ टिकट दिइएन, यो घोर अन्याय हो, यसको जवाफ नेतृत्वले दिन सक्नुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘नेतृत्व मतको आधार नभएका पार्टीलाई भनेजति सिट छाड्न तयार भयो तर, पार्टीलाई समावेशी बनाउने सवालमा तल्लो तहबाट सिफारिस भएर आएका दलित समुदायको नाम पनि छानी–छानी हटाइएको छ।’

कांग्रेसमा उम्मेदवार सिफारिसका क्रममा क्षेत्रीय समितिमार्फत नाम सिफारिस भएका निवर्तमान प्रतिनिधिसभा सांसदसमेत रहेका स्नेहीसहित मीन विश्वकर्मालगायत दलित समुदायको नेतृत्व गरेका प्रभावशाली नेताहरूको नाम केन्द्रमा सिफारिस गरेको थियो । तर,अन्त्यमा नेतृत्वले टिकट भने दिएन।