१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २३ आइतबार
  • Monday, 01 July, 2024
२o७९ असोज २३ आइतबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

एमाले उपाध्यक्ष पौडेलद्वारा उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २३ आइतबार १७:३१:oo

प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट  एमाले उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

पूर्वअर्थमन्त्री पौडेलले उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै रुपन्देहीमा थालिएका विकास आयोजनाहरू पूरा गर्न र थप विकास आयोजनाहरू अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए।

विकासको रोलमोडेलका रूपमा रुपन्देहीलाई विकास गर्न थप विकासका कार्यक्रम अगाडि बढाउन उम्मेदवारी दिएको भन्दै पौडेलले शिक्षा, स्वस्थ्यसहित चौतर्फी विकासमा लागि पर्दै रोजगारी सिर्जना गर्न आफू लागिपर्ने धारणा राखेका छन्।

यस क्षेत्रबाट सत्तागठबन्धनका तर्फबाट नेकपा एकीकृतका नेता राजु गुरुङ चुनावी मैदानमा उत्रिएका छन्। पौडेल विपक्षी गठबन्धनका उम्मेदवार हुन् भने गुरुङ सत्तागठबन्धनका उम्मेदवार हुन्। रुपन्देही २ मा पौडेल र गुरुङका अतिरिक्त अन्य दलबाटसमेत उम्मेदवारी परेको छ। 

ad
ad
ad
ad