मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २२ शनिबार
  • Monday, 14 July, 2025
२o७९ असोज २२ शनिबार १७:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादीबाट मकवानपुरको प्रदेशमा कुमारी र छिन्तु उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २२ शनिबार १७:५९:oo

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरमा दुईवटा प्रदेश सभा सिट पाएको नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको छ।

माओवादी केन्द्रले मकवानपुर क्षेत्र नम्बर १ को (क) बाट प्रेमबहादुर पुलामी (छिन्तु) र २ को (क) बाट कुमारी मुक्तानलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु)ले जानकारी दिए। गठबन्धनमा सिट बाँडफाँड गर्दा माओवादीले मकवानपुरमा प्रदेश सभाका दुईवटा सिट मात्रै पाएको छ।

यसअघि पनि छिन्तु र मुक्तान साबिक क्षेत्रबाटै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । छिन्तु बागमती प्रदेश उपाध्यक्ष छन् भने मोक्तान बागमती प्रदेश सरकारको सामाजिक विकासमन्त्री रहेकी छिन् ।