१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २१ शुक्रबार
  • Saturday, 28 September, 2024
२o७९ असोज २१ शुक्रबार १o:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणीमा यस वर्षकै उच्च बहाव : भुताहा, सिहेरी, प्रसौनीलगायतका गाउँ डुबानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २१ शुक्रबार १o:१६:oo

नारायणी नदीमा यस वर्ष पानीको सतह अहिलेसम्मकै उच्च भएको छ । नारायणी नदीमा पानीको बहाव बढेसँगै नवलपुर र पश्चिम नवलपरासीका विभिन्न गाउँमा पानी पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार नारायणी नदीमा आज बिहान ६ बजेदेखि ८ बजेसम्मको पानीको सतह मापन स्थिर रहेको छ ।

उनका अनुसार अहिलेसम्मकै उच्च चार लाख ४० हजार क्युसेक पानीको सतह मापन गरिएको छ । नारायणीको गण्डक नहरमा राखिएका सबै ढोका हिजो नै खोलिएको छ । दुई घन्टासम्म लगातार पानीकाे सतह स्थिर रहेका कारण पानीको बहाव अब स्थिर रहने अनुमान गरिएको छ । यो सतह खतराको तहभन्दा माथि हो । 

नारायणीमा पानीको सतह बढेपछि नवलपुरको मध्यबिन्दु नगरपालिकाको भुताहा, सिहेरी, प्रसौनीलगायतका गाउँ डुबानमा परेका छन् । यहाँ डेढ दर्जनभन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । 

यहाँ डुबानमा तीनजना मानिस फसिरहेका छन् । त्यसैगरी, १८ घरधुरीका ४५ जनालाई आफन्तको घरमा राखिएको छ । त्यसैगरी कावासोती– १७ अमलटारीमा रहेको सेनाको ब्यारेक पनि डुबानमा परेको छ । त्यहाँ रहेका सेना सुरक्षित स्थानमा आएको बताइएको छ । 

यसैबीच, मध्यबिन्दु नगरपालिकामा डुबानमा परेको गाउँका मानिसको उद्धारका लागि स्थानीय जनप्रतिनिधि र पूर्वसांसदहरूलगायतका टोलीसहित सेना, प्रहरी घटना स्थलमा खटेको मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले बताए । 

नवलपुरका विनयी–त्रिवेणी– १ बघुवन पनि डुबानमा परेको छ । यहाँका पशु चौपायालाई अन्यत्र सारिएको प्रहरीले जनाएको छ । त्यसैगरी पश्चिम नवलपरासीको सुस्तामा पनि नारायणी नदीको पानी पसेको छ । सुस्तामा एक दर्जन घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए । सुस्तामा अहिले एक फिटभन्दा बढी पानी पसेको छ ।