१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २० बिहीबार
  • Saturday, 29 June, 2024
२o७९ असोज २० बिहीबार १३:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बारा बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो (अपडेट)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २० बिहीबार १३:o२:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर–सिमरा– २२ तीन नम्बर पुलनजिकको मोडमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि हेटौँडा ल्याइएकोमा अहिलेसम्म १२ जनाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमले जानकारी दिए ।

हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा  ३२ जना घाइते भएको र उनीहरूको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको एसपी गौतमले जानकारी दिए । गम्भीर घाइतेमध्ये केहीलाई भरतपुर पठाउने तयारी भइरहेको पनि एसपी गौतमले बताए ।

ad
ad
ad
ad