पहिरो हटाएसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा यातायात सुचारु भएको छ । नारायणगढ-मुग्लिन सडकखण्डको सत्रकिलोमा माथिबाट लेदोसहितको पहिरो झरेपछि दुवैतर्फ बाटो अवरुद्ध भएको थियो ।
लगातारको वर्षाले चितवनका दुई ठूला नदी नारायणी र राप्तीमा पानीको बहाव बढेको छ । खहरे खोला र साना नदीहरू पनि बढेका छन् । बुधबारदेखिको अविरल वर्षाले बाढी आउँदा दुवै नदीको जलस्तरले सतर्कताको तह पार गरेको छ ।