मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Wednesday, 02 September, 2026
एजेन्सी एजेन्सी
२o७९ असोज १४ शुक्रबार १५:o२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

'युक्रेनी भूभागमाथि रुसकाे दाबी बेलायतलाई स्वीकार्य हुँदैन'

Read Time : < 1 मिनेट
एजेन्सी, एजेन्सी
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १५:o२:oo

बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाएकी छिन्। 

रुसले युक्रेनी कब्जामा रहेका चारवटा भूभाग औपचारिक रूपमा गाभ्ने तयारी गरिरहेका वेला बेलायतले त्यसको विरोध गरेको हो। 

उनले रुसी नेताको ‘प्रतिनिधित्व भएको दाबी गर्ने युक्रेनी जनताको जीवनप्रति स्पष्ट बेवास्ता गरेको’ भन्दै आलोचना गरेकी छिन्। 

उनले भनिन्, ‘बेलायतले ती मानिसको सार्वभौम इच्छालाई कहिल्यै बेवास्ता गर्दैन र हामी डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जिया क्षेत्रहरूलाई युक्रेनी क्षेत्रबाहेक अरू कुनै कुराको रूपमा स्वीकार गर्दैनौँ ।’