१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
एजेन्सी एजेन्सी
२०७९ असोज १३ बिहीबार २०:०१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

Read Time : < 1 मिनेट
एजेन्सी, एजेन्सी
२०७९ असोज १३ बिहीबार २०:०१:००

उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दुुरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसिएस)ले बिहीबार बताएको छ। 

जेसिएसले एक विज्ञप्ति जारी गर्दै दक्षिण प्योङ्यान प्रान्तको सुनचोन क्षेत्रबाट स्थानीय समयअनुसार राति ८ः४८ देखि राति ८ः५७ को बीचमा उत्तर कोरियाले प्रक्षेपण गरेको दुई छोटो दुरीका ब्यालेस्टिक क्षेप्यास्त्र पूर्वी जलक्षेत्रमा फेला पारेको जनाएको छ।

उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी जलक्षेत्रमा दुई छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र र आइतबार पूर्वी जलक्षेत्रमा एउटा छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

सन् २०२२ मा मात्र उत्तर कोरियाले १९ पटक ब्यालेस्टिक क्षेप्यास्त्र र दुईपटक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ।