१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रासस न्युयोर्क
२o८१ बैशाख १९ बुधबार १४:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

उत्तर कोरियालाई लक्षित गरी ल्याइएको प्रस्तावमाथि रुसद्वारा भिटो प्रयोग

Read Time : > 1 मिनेट
रासस, न्युयोर्क
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:३६:oo

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् (युएनएससी) प्रतिबन्ध उल्लंघनको अनुसन्धान जिम्मेवारी प्राप्त विशेषज्ञको स्वतन्त्र समिति नवीकरण गर्ने उद्देश्यले गरिएको प्रस्तावलाई अवरुद्ध गर्दै रुसले बिहीबार संयुक्त राष्ट्र संघमा आफ्नो भिटो प्रयोग गरेको छ।

युक्रेनमा भएको द्वन्द्व र युएनएससी प्रतिबन्ध उल्लंघनको अनुसन्धान विशेषज्ञ समिति निर्माणको प्रस्तावले मस्को र पश्चिमी देशबीच थप तनाव बढेको हो। पछिल्लो समय उत्तर कोरियाले युएनएससी प्रतिबन्ध उल्लंघन गर्दै रुसको मुख्य युद्ध हतियार आपूर्तिकर्ताको रूपमा देखा परेको युरोपेली मुलुकहरूको बुझाइ छ।

प्योङयाङको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमको विस्तार गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी भूमिमा पुग्न सक्ने लामो दूरीको अन्तरमहाद्वीपिय क्षेप्यास्त्रसहित थुप्रै हतियार परीक्षण गर्न आफ्नो सेनालाई प्रोत्साहित गरेका छन्। रुसले उत्तर कोरियाको अवैध हतियार कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिबन्ध र संयुक्त राष्ट्रसंघको अनुसन्धानलाई समर्थन गरेको सिएनएनले जनाएको छ।

यद्यपि, युक्रेनमा हावी गम्भीर संकटको बीचमा गतिशीलता परिवर्तन हुँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियारका लागि उत्तर कोरियामा निर्भरता बढाएको देखिन्छ।

संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धले प्रासंगिकता गुमाई वास्तविकताबाट अलग्गिएकाले भिटो प्रयोग गरेको बताएका छन्। उनले सन् २००६ देखि नै प्रतिबन्धको प्रभावकारिताको आलोचना गर्दै लक्ष्य विमुख भएको कोरियाली प्रायद्वीपमा सकारात्मक परिवर्तनमा योगदान नगरेको तर्क गरेका छन्। नेबेन्जियाले रुसको राष्ट्रिय सुरक्षा चासोलाई प्रत्यक्ष असर पार्ने गरी अमेरिकी नेतृत्वमा रहेका देशहरूको गठबन्धनले प्योङयाङका गतिविधिलाई अवरोध पुर्‍याएको सम्बन्धमा रुसी चिन्तासमेत उल्लेख गरे।

संयुक्त राष्ट्रसंघको प्रतिबन्धअन्तर्गत उत्तर कोरियालगायतका देशहरूमा हतियार हस्तान्तरणमा प्रतिबन्ध लगाउँदा पनि उत्तर कोरियाली नेता उन युक्रेनविरुद्धको रुसी कारबाहीलाई सहयोग गर्न हतियारको निरन्तर आपूर्तिकर्ताका रूपमा सक्रिय छन्।

दक्षिण कोरियाका रक्षामन्त्रीले उत्तर कोरियाका हतियार कारखानाले रुसलाई लाखौँ तोपखानासहित हतियार आपूर्ति गर्न पूर्ण क्षमतामा काम गरिरहेको उल्लेख गरेका छन्। यसैबीच युक्रेनले आफ्नो लक्ष्यमा आक्रमण गर्दा उत्तर कोरियाले बनाएको ब्यालेस्टिक मिसाइलका भग्नावशेष फेला पारेको रिपोर्ट सिएनएनले सार्वजनिक गरेको छ।

१५ सदस्यीय सुरक्षा परिषद्का सदस्यको उपस्थितिमा १३ सदस्यहरू विशेषज्ञको समितिको काम नवीकरण गर्ने पक्षमा थिए। छलफलमा रुसले विरोध जनाएको र चीन अनुपस्थित रहेको थियो। बहुमत सदस्यहरू पक्षमा रहँदा रहँदै पनि रुसको भिटो शक्तिले प्रस्तावलाई अन्ततः असफल तुल्याएको छ।

ad
ad