मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Monday, 31 August, 2026
२o७९ असोज १३ बिहीबार १९:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धादिङमा बोलेरो दुर्घटना, एकै गाउँका सातजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १९:११:oo

धादिङको नीलकण्ठ नगरपालिका– ४ अल्छीडाँडामा बोलेरो जिप दुर्घटना हुँदा एकै गाउँका सातजना घाइते भएका छन्। 

धादिङबेँसीबाट रिजालथोक जाँदै गरेको लु १ ज १४३९ नम्बरको बोलेरो जिप ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहले बताए।
 
प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेमा नीलकण्ठ नगरपालिका– ४ धादिङकी २१ वर्षीया विनिता वस्ती, १७ वर्षीय नवीन गुरुङ, २५ वर्षीया पम्फा थापा, ७२ वर्षीया वीरबहादुर परियार, २२ वर्षीया रवीना गुरुङ, २८ वर्षीय सुजिना मल्ल, १७ वर्षीया ममता मल्ल घाइते भएका छन्। 

घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ। बोलेरो र बोलेरोचालक नीलकण्ठ नगरपालिका- ४ धादिङका ३० वर्षीय अशोक मल्ल जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा छन्।