पाथीभरा महिला हाफ म्याराथनको उपाधि ताप्लेजुङ मैवाखोला गाउँपालिका–६ की साम्पाल्मु शेर्पाले हात पारेकी छिन्। निर्धारित २१ किलोमिटर दुरी तीन घण्टा ४१ मिनेट ०९ सेकेन्डमा पार गर्दै प्रथम भएकी शेर्पाले ८१ हजार १११ रुपैयाँ प्राप्त गरिन्।
यसैगरी, चार घण्टा ९ मिनेट ५१ सेकेन्डमा निर्धारित दुरी पार गरेकी भोजपुरकी छेम्बीमाया राई दोस्रो भइन्। उनले ५१ हजार १११ रुपैयाँ प्राप्त गरिन्। त्यस्तै, मिक्वाखोला गाउँपालिका–३ लिबाङकी १६ वर्षीया पेम्बालामु शेर्पाले चार घण्टा ३१ मिनेट ५४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तृतीय स्थान हात पारिन्। कक्षा १० मा अध्ययनरत शेर्पाले नगद ३१ हजार १११ रुपैयाँ प्राप्त गरेकी छिन्।