मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १२ बुधबार
  • Sunday, 13 July, 2025
मुख्य समाचार डिजिटल संस्करण

समानुपातिक सूची सच्याउन माग गर्दै सानेपामा इतर समूहको धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १२ बुधबार १३:२६:oo

समानुपातिक सूचीमा आफ्नो पक्षलाई बेवास्ता गरेको भन्दै नेपाली कांग्रेसको संस्थापनइतर समूह धर्नामा उत्रिएको छ। यसअघि घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत इतर समूहले सानेपास्थित पार्टी कार्यालयमा मौन धर्ना दिएको हो।

सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गरेको आरोप लगाउँदै शेखर कोइराला–गगन थापा पक्षका नेताहरूले टिकट वितरणमा समान अवसर पाउनुपर्ने माग राख्दै आएका छन्।

सोमबार ठमेलस्थित होटेल यात्रीमा बसेको इतर समूहको भेलाले समानुपातिकको सूची सच्याउन दबाब दिने उद्देश्यले १२ र १३ असोजका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। समानुपातिकतर्फको बन्दसूची सच्याउन र टिकट वितरणमा ४० प्रतिशत भाग खोज्दै इतर समूहका नेताहरू सानेपामा मौन धर्नामा बसेका हुन्।