१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ११ मंगलबार ०८:२४:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

भेकको ‘खोलौँ रमेर’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ११ मंगलबार ०८:२४:००

युवापुस्ताका चर्चित गायक भेकको नयाँ गीत ‘खोलौँ रमेर’ सार्वजनिक भएको छ । यो वर्षको टुबोर्ग ओपन थिम ‘टेक द स्टेज’अन्तर्गत भेकसँगै विश्वभरका अन्य उदीयमान कलाकारहरूले जेसन डेरुलोलाई भेट्ने र लस एन्जलसमा उनीसँग व्यक्तिगत मेन्टरसिप सत्र प्राप्त गर्ने मौका पाएका थिए ।

उक्त मेन्टरसिप सत्रमा जेसनले कलाकारहरूलाई एउटा सफल गीत सिर्जना गर्ने तरिका र संगीत उद्योगमा कसरी सफल हुने विषयबारे मार्गदर्शन गराएका थिए । लस एन्जलसमा जेसनको मेन्टरसिपबाट  सिकेका कुराहरू आत्मसात् गर्दै टुबोर्ग ओपन २०२२ का लागि आफ्नो नयाँ गीत प्रस्तुत गरेको भेकले जनाएका छन् । 

टुबोर्ग ओपनले आफ्नो पाँचौँ वर्षको सुरुवात जेसन डेरुलोको मेन्टरसिपमा भेकको नयाँ गीत ‘खोलौँ रमेर’को साथमा गरिएको जनाएको छ । युट्युबको टुबोर्ग नेपाल च्यानलमा रिलिज भएको केही घन्टामै उक्त गीतले राम्रो भ्युज तथा श्रोता–दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

‘टुबोर्ग ओपन २०२२ अभियान नेपाली सांगीतिक जगत्को उत्थानका लागि गरिएको एक पहल हो । टुबोर्ग सधैँ नेपाली संगीतप्रेमीहरूसँग जोडिँदै आएको छ,’ गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्टले भने,‘हामीले नेपालका उदीयमान कलाकारहरूलाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौँ । हामी यस वर्षको जेसन डेरुलो र भेकबीचको सहकार्यले निकै उत्साहित छौँ ।’