![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/makeup2022-09-27-08-22-10.jpeg)
घरमै सिम्पल मेकअप गर्न सकिन्छ । मेकअपको सामान भने आफूसँग हुनुपर्छ । सुरुमा फेसवासले मुख धुनुपर्छ । सफा कपडाले मुख पुछ्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ । मोस्चराइजर क्रिम लगाउनुपर्छ ।
यसपछि सन्सक्रिम अनिवार्य लगाउनुपर्छ । मेकअपलाई लामो समय टिकाउन प्राइमर लगाउन सकिन्छ । यसपछि आफूलाई मन परेको सेपमा आइब्रो बनाउनुपर्छ । आफ्नो स्किनअनुसारको फाउन्डेसन लगाउनुपर्छ । लगत्तै पाउडर लगाउनुपर्छ । फाउन्डेसन मात्र लगाउँदा अनुहार चिल्लो देखिने हुँदा पाउडर लगाउँदा सुक्खा हुन्छ ।
मेकअप गर्नेबित्तिकैभन्दा पनि करिब १० मिनेटपछि अनुहारमा ग्लो आउँछ । घरमै बसेर आइस्याडो लगाउँदा आफूले कुन रङको कपडा लगाएको छ, कपडाअनुसारको आइस्याडो लगाउन सकिन्छ । कसैलाई कपडाको कलरअनुसारको आइस्याडो मन पर्दैन भने न्युड कलरको आइस्याडो लगाउन सकिन्छ । घरमा बस्दा वा चाडपर्वको समयमा न्युड मेकअप गर्दा राम्रो देखिन्छ ।
कसैलाई ब्रान्डअनुसारको क्रिमले सुट गर्छ भने कसैलाई कम मूल्यको क्रिमले सुट गर्ने हुन्छ । स्किनअनुसार सुट हुने क्रिम लगाउनुपर्छ । क्रिम छनोट गर्दा फेसलाई सुट हुन्छ/हुँदैन, प्रयोग गरेर मात्र किन्नुपर्छ ।