मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Monday, 14 July, 2025
धर्नामा नागरिकताविहिन संघर्ष समिति । तस्बिरहरु : संजित परियार/नयाँ पत्रिका
संजित परियार काठमाडौं
२o७९ असोज ४ मंगलबार १३:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै धर्ना

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार १३:१६:oo

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न माग गर्दै नागरिकताविहीन संघर्ष समिति नेपालले धर्ना दिएको छ। नेपाल नागरिकता विधेयक, २०७९ प्रमाणीकरणको माग गर्दै संघर्ष समितिले माइतीघर मण्डलामा धर्नासहित प्रदर्शन गरेको हो।

 

संसद्ले दोस्रोपटक पारित गरेर विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको सोमबार १४ दिन बितेको छ । १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता भए पनि राष्ट्रपति भण्डारी अझै परामर्शमै व्यस्त छिन्।

धर्नामा सहभागीहरूले ‘देशको नागरिक पहिचान गर’, ‘अनागरिक बनाउन पाइँदैन’, ‘नेपाली आमाका सन्तान अनागरिक कहिलेसम्म ?’ जस्ता मागहरू लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका छन्।