मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २ आइतबार
  • Saturday, 12 July, 2025
२o७९ असोज २ आइतबार १९:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मापदण्डविपरीतका घर- टहरामाथि पनौतीमा पनि चल्यो डोजर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २ आइतबार १९:३२:oo

काठमाडौं महानगरपालिकाले डोजर चलाउन थालेपछि त्यसले प्रभाव छिमेकी जिल्लाका स्थानीय तहमा पर्न थालको छ। 

काठमाडौंसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं ६ को तरकारी बजारमा अनधिकृत रूपमा बनेका संरचनामा नगरपालिकाले डोजर चलाएको हो।
 
१० दिनअघि पनौती नगरपालिकाले सूचना जारी गर्दै मापदण्ड विपरित बनाएका संरचना हटाउन सूचना जारी गरेको थियो। तर, घर–टहरा बनाएर बसेकाहरूले अटेर गरेपछि नगरपालिकाले आइतबार डोजर चलाएको हो। 

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले तरकारी बजारमा दशवटा घर-टहराले अनधिकृत रूपमा बसेकाले डोजर लगाएको बताए। उनले २० वर्षदेखि सो क्षेत्रमा अनधिकृत रूपमा घर-टहरा रहेकाले त्यहाँ डोजर लगाएको उनको भनाइ छ। केही वर्षअघि नै नगरपालिकासँग मुआब्जासमेत लिएर अटेरी गर्ने घर-टहरामा डोजर हानिएको हो। 

नगरप्रमुख भण्डारीले सार्वजनिक सम्पत्तिमा घर-टहरा बनाएको छ भने अरू ठाउँ पनि हटाउने बताएका छन्। उनले नगरपालिका क्षेत्रभित्र रहेका अनधिकृत घर-टहरा सार्वजनिक जग्गा खोजी भइरहेको र त्यसको संरक्षण गर्ने दायित्व नगरपालिकाको रहेको बताए।

‘हामीले घर-टहराका मानिसहरूसँग सहमतिमै अनधिकृत घर-टहरा हटाएका हौ‌ंँ। सूचना जारी गरेपछि केहीे आफैँ हटाएको थियो।’ पनौती नगरपालिकाका प्रमुख भण्डाीले भने, ‘सूचनापछि पनि हटाउन नमान्नेलाई बाध्य भएर डोजर चलाएका हौँ। अन्य ठाउँमा पनि खोजी कार्य जारी छ, त्यस्तो पाइएमा हटाउँछौँ।’

काभ्रेमा यसअघि बनेपा नगरपालिकाले वडा नं. १४ साँगामा बनाइएका अवैधानिक घर-टहरा भत्काएको थियो। त्यस्तै, सोही नगरपालिकाले बनेपा वडा नं. ७ चारदोबाटोमा रहेको घरसमेत हटाएको थियो। 

जिल्लाको मण्डनदेउपुर नगरपालिकाको नगरकोट क्षेत्र पाँचखाल नगरपालिकाको जिरोकिलो तथा तीनपिप्ले क्षेत्रमा अनधिकृत रूपमा घर-टहरा बनेका छन्। तर, त्यसलाई हटाउने कुनै प्रक्रिया सुरु गरिएको छैन। भुम्लु गाउँपालिकाले भने दोलालघाट क्षेत्रमा बनेका अवैद्य घर-टहरा हटाउन केही दिनअघि मात्र सूचना जारी गरेको छ।