मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज १ शनिबार २२:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा पहिरो अपडेट : मृत्यु हुनेको संख्या २१ पुग्यो, १७ को सनाखत

Read Time : < 1 मिनेट
२०७९ असोज १ शनिबार २२:०४:००

अछाममा गएकाे पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या २१ पुगेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार मृत्यु भएकामध्ये  १७ जनाको मात्र सनाखत भएको छ । सनाखत भएकामा कमलबजार नगरपालिका– ८ ढुंगलाका २६ वर्षीय गम्भीर दमाईं २३ वर्षीय भाना, २१ वर्षीय डिग्रा, तीन वर्षीय कालु र चार वर्षीय कल्पना दमाईं छन् ।

कमलबजार नगरपालिका– ६ की ३० वर्षीया अमृता कामी, १७ वर्षीया सरिता, २१ वर्षीया अर्धना, ९ वर्षीय निखिल, ३६ वर्षीय मैनकला, १५ वर्षीया गीता र १२ वर्षीया सिरु कामी छन् ।

तुर्माखाँद गाउँपालिका– ५ की १७ वर्षीया जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्रबहादुर शाही, ३६ वर्षीया मनीषा शाही र ढकारी गाउँपालिका– ६ बस्ने दुई वर्षीय नवीन बुढा छन् । 

निमित्त प्रजिअ रिजालका अनुसार तुर्माखाँद गाउँपालिकामा बेपत्ता भएका चारजना शव फेला परेको छ । तर, उनीहरूको पहिचान खुल्न सकेको छैन ।