१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १ शनिबार o६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

दसैँलक्षित सुहलियत  पसल सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १ शनिबार o६:३७:oo

 खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दसैँलक्षित सहुलियत पसल सञ्चालनमा  ल्याएको छ । कम्पनीले कात्तिक १५ गतेसम्मका लागि सहुलियत पसल सञ्चालनमा ल्याएको हो । उपत्यकामा चार बिक्री केन्द्रमा सहुलितय पसल सञ्चालन हुनेछ ।

थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकबाट खाद्यान्न बिक्री हुने खाद्य व्यापार कम्पनीका बजार प्रमुख भीम थापाले जानकारी दिए । व्यापार कम्पनीका अनुसार दसैँलक्षित सहुलियत पसल उपत्यकाबाहिर ३८ जिल्लाका ४१ केन्द्रबाट बजार सञ्चालनमा आउने भएको छ । थापाका अनुसार सबै प्रकारका चामल तथा दालमा प्रतिकेजी सात रुपैयाँ छुट दिइने भएको छ । त्यस्तै, विभिन्न प्रकारको तेल र अन्य खाद्य वस्तुहरू चिउरा, पिठोमा सात रुपैयाँ छुट दिइनेछ ।

खसी–बोकाको बिक्री घटस्थापनापछि राखिने भएको छ । थापाका अनुसार खसी र बोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइने भएको छ ।

६ करोड ४० लाखको खसी र च्यांग्रा ल्याइने
यसपटको दसैँ–तिहारका लागि खाद्य व्यापार कम्पनीले ६ करोड ४० लाखको तीन हजार खसी र एक हजार च्यांग्रा ल्याउने भएको छ । गत वर्ष दुई हजारभन्दा बढी खसी र एक हजार च्यांग्रा ल्याएको थियो । कोभिड–१९ का कारण अघिल्लो वर्ष प्रभावित भए पनि यसपटक बढी खपत हुने अनुमान खाद्य व्यापार कम्पनीको रहेको छ ।

ad
ad
ad
ad