मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ ३१ शुक्रबार
  • Saturday, 12 July, 2025
फाइल तस्बिर : डा. भट्टराईले ट्विटर
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ३१ शुक्रबार १o:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालेनको प्रशंसामा बाबुरामको ट्विट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ३१ शुक्रबार १o:२४:oo

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको प्रशंसा गरेका छन् । 

आज सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्, ‘महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदी आदिलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन् ।’

साथै, उनले स्वरोजगार श्रमिकहरूको उचित व्यवस्थापनका लागि पनि आग्रह गरेका छन् । ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर, संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतः निश्चित ठाउँ–समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ,’ नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले भनेका छन् ।