सुझाव
स्वस्थ शरीरका लागि योग महत्वपूर्ण छ । योगले शरीर मात्र होइन, मानसिक रूपमा पनि तन्दुरुस्त राख्न मद्दत गर्दछ । नियमित योग गर्दा शरीरको अनावश्यक विकार हट्नुका साथै जीवनमा आइपर्ने अप्ठ्याराहरूमा पनि सहयोग मिल्छ । अचेल धेरैलाई ढाड दुख्ने समस्याले सताएको देखिन्छ । यस्तोमा ढाडलाई आराम दिन योग गर्न सकिन्छ ।
- सबैभन्दा पहिले आफ्नो योग–म्याटमा आरामसँग बस्नुहोस् ।
- बिस्तारै दुवै खुट्टा खुम्च्याउनुहोस् । त्यही अवस्थामा म्याटमा आरामसँग पल्टिनुहोस् ।
- दुवै हत्केलालाई आफ्नो पेटमा राख्नुहोस् । आफ्नो आँखा बन्द गरेर सासको गतिसँग पेट तल–माथि गरेको अनुभव गर्नुहोस् । आफ्नो सम्पूर्ण ध्यान श्वासप्रश्वासमा लगाउनुपर्छ ।
- यो पोजिसनमा कम्तीमा १० मिनेट बस्न सकिन्छ । यो अभ्यास जुनसुकै समयमा पनि गर्न सकिन्छ ।
- अभ्यास सकिएपछि आराम गर्नुपर्छ ।
- घुँडा खुम्च्याएर यो अभ्यास गर्दा ढाड दुख्दैन । त्यसैले ढाड दुख्ने समस्या हुनेहरूले पनि यो अभ्यास गर्न सक्छन् । खुट्टा सीधा पारेर गर्दा ढाड दुखाइको समस्या बढ्ने हुन्छ ।