१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बागमती किनारका अव्यवस्थित बस्तीको समस्या दीर्घकालीन समाधान गर्छौँ : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o८:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बागमती किनारका अव्यवस्थित बस्तीको दीर्घकालीन समस्या समाधान गर्न आफू लागिपरेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता सिंहले काठमाडौं जिल्ला भूमि आयोगले  थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्नेमा जोड दिए। बागमतीको किनारका बस्तीहरूको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गरेर नै  अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन्।

तत्कालीन नेकपाको सरकारले समयमा संघीय कानुन नबनाउँदा अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाटै हुने गरेको उनको भनाइ छ। ‘अहिले बागमतीको किनारमा बस्तीहरूको जुन कुरा छ, त्यहाँ अलि आक्रोश पनि छ। लोकतान्त्रिक पद्धतिमा काम गर्दा कानुनबमोजिम विधि र प्रक्रिया पूरा गर्नुपर्छ। अव्यवस्थित बस्तीहरूको समाधान गर्न हामी अघि बढ्छौँ।’

तत्कालीन नेकपाको सरकारले संविधानको भावना र मर्मअनुसार काम नगरेको र संसद्लाई दुईपटक भंग गरेकाले संविधानलाई जोगाउन गठबन्धनको सरकार बनेको उनको दाबी छ। गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै उनले आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आममतदाताले विकास गर्ने पार्टी र नेताहरूलाई जिताउनुपर्नेमा उनले जोड दिए।

ad
ad