१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Wednesday, 19 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २८ मंगलबार ११:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कक्षा ११ र १२ का शिक्षकले कालोपट्टी बाँधेर गरे अध्यापन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार ११:o६:oo

देशभरका कक्षा ११ र १२ का शिक्षकले मंगलबार कालोपट्टी बाँधेर अध्यापन गरेका छन्। करिब तीन हजार पाँच सय साबिक उच्च माध्यमिक विद्यालयमा सात लाख विद्यार्थी अध्ययन गर्दै आए पनि सरकारले  एकजना पनि स्थायी दरबन्दीको शिक्षक  उपलब्ध नगराएको विरोधमा उनीहरूले कालोपट्टी बाँधेर अध्यापन गरेका हुन्।

साबिक उमाविमा आंशिक, अनुदान र अस्थायी दरबन्दीका तीन प्रकारका शिक्षक कार्यरत छन्। ३० वर्षदेखि कक्षा ११ र  १२ सञ्चालन हुँदै आए पनि स्थायी शिक्षक उपलब्ध नगराउँदा एसएलसी परीक्षाको गुणस्तर खस्किएको र लामो समयदेखि कार्यरत शिक्षकको भविष्यसमेत अनिश्चित बनाएको भन्दै उनीहरू एक सातादेखि आन्दोलित छन्।

यसक्रममा ३० भदौमा कक्षा ११ र १२ अध्यापन हुने विद्यालयमा पेनडाउन गरी पठनपाठन एक दिनका लागि स्थगन गर्ने आन्दोलनका कार्यक्रम तय गरिएको माध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष दीपकराज सुवेदीले बताए।

११ र १२ कक्षाका शिक्षकले आफ्ना १६ बुँदे मागबारे सोमबार ७७ वटै जिल्लाबाट सांसदहरूलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका थिए।

ad
ad
ad
ad