१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Wednesday, 03 July, 2024
२o७९ भदौ २८ मंगलबार o७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गर्भावस्थामा डेंगु देखिन्छन् यस्ता समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार o७:४६:oo

डेंगु संक्रमणले गर्भवती र पेटभित्रको शिशुको स्वास्थ्यमा प्रत्यक्ष असर गर्र्दैन । तर, एन्टिबायोटिक औषधि सेवन गर्न नमिल्ने भएकाले संक्रमण हुँदा गर्भवतीलाई निकै गाह्रो हुन्छ । संक्रमण जटिल बन्दै गएपछि शरीर दुख्ने, टाउको दुख्ने, बेचैन हुने,अत्यधिक पेटको दुखाइ हुनेलगायत लक्षण देखिन्छन् । कसैकसैमा नाक, गिजा वा शरीरका अरू अंगबाट रगत बग्ने, दिसा, पिसाब वा बान्तामा रगत देखिने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिन्छन् । 

अन्य व्यक्तिले यस्तो समस्या देखिँदा एन्टिबायोटिक तथा पेनकिलर प्रयोग गरे पनि गर्भवतीले यस्ता औषधि प्रयोग गर्न मिल्दैन । किनकि, एन्टिबायोटिकले गर्भपतनको जोखिमसमेत निम्त्याउँछ । डेंगुको संक्रमण भइहाले पारासिटामोलको प्रयोगसम्म गर्न सकिन्छ, तर त्यसका लागि पनि फिजिसियनको सल्लाह लिनुपर्छ  । उसै पनि गर्भावस्थामा महिलामा प्लेटलेट्सको मात्रा कम हुन्छ र डेंगु संक्रमणले प्लेटलेट्स घटाउने भएकाले थप जटिलता निम्तिन्छ । शारीरिक दुखाइले पनि गर्भवतीलाई समस्या हुन्छ । 

त्यहीकारण गर्भवती महिलाले डेंगुको उपचारभन्दा पनि डेंगुबाट बच्ने प्रयास गर्नुपर्छ । डेंगु संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । दिउँसो बाहिर निस्कँदा वा घरमा बस्दा जिउ पूरै छोपिने लुगा लगाउने गर्नुपर्छ । धुप बाल्ने, रिपेलेन्टको प्रयोग गर्नेलगायत लामखुट्टे भगाउने उपाय अपनाउनुपर्छ ।

ad
ad
ad
ad