मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २६ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २६ आइतबार १५:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कृषिमा आधारित उद्योगको विकासबाटै देशको आर्थिक स्थिति बलियो बन्छ : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २६ आइतबार १५:२५:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको उल्लेख गरे।

देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै उनले अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगको विकास गर्नुपर्नेमा जोड दिए। कृषिपछि जलविद्युत्, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने उनको भनाइ छ।

‘५०–६० वर्षअगाडि हामी खाद्यान्नमा आत्मनिर्भर थियौँ। हामी सबै चिज निर्यात गर्न सक्ने अवस्थामा थियौँ। अहिले उल्टो भयो। किन यस्तो भइराखेको छ हाम्रो चिन्ताको विषय भयो। हामी धेरै पढ्यौँ, लेख्यौँ। धेरै जान्ने–सुन्ने पनि भयौँ। तर, देशको आर्थिक विकासको स्थितिबाट हेर्दा त्यो अगाडि होइन पछाडि गएको देखिनु ठूलो चुनौती हो,’ उनले भने।

अध्यक्ष दाहालले युवाहरूले उद्यमशील हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सक्ने जिकिर गरे। धन, सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै उनले समाजलाई सभ्य बनाउने गरी सम्पत्ति आर्जन गर्न युवाहरूलाई आग्रह गरे।