१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २४ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o७९ भदौ २४ शुक्रबार १६:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

काभ्रेमा एकै समयमा दुई महोत्सव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २४ शुक्रबार १६:२४:oo

पर्व नजिकिँदै गर्दा काभ्रेमा एकै समयमा दुई महोत्सव हुने भएको छ। जिल्लाको बनेपा र पाँचखालमा महोत्सव हुने भएको हो। पाँचखालस्थित पाँचखाल युनाइटेड फुटबल एसाेसिएसनको आयोजनामा र बनेपामा काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको हो।

आगामी असोज ३ देखि १६ गतेसम्म ‘तेस्रो पाँचखाल महोत्सव’ र असोज ३ देखि १५ गतेसम्म ‘पाँचाैँ काभ्रे महोत्सव’ हुँदै छ।आयोजकका अनुसार काभ्रे उद्योग वाणिज्य संघले बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर मन्दिर परिसरमा महोत्सव गर्न लागेको छ। कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र उकास्नको लागि स्थानीय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै महोत्सव आयोजना गरिएको संघका अध्यक्ष राजेन्द्र पसछेले जानकारी दिए।

महोत्सवमा एक सय १५ वटा स्टल रहनेछन्। साधारण स्टलहरूलाई १७ हजार पाँच सय, अटोमोबाइललाई ३० हजार, होटेल रेस्टुरेन्टका लागि ३५ हजार र वित्तीय सहकारी संस्थाका लागि १५ हजार स्टल शुल्क तोकिएको छ। करिब ५० हजार व्यक्तिलाई महोत्सवमा भित्र्याउने उद्देश्य रहेको पसछेले जानकारी दिए। महोत्वस अवधिभर एक करोड रुपैयाँबराबरको कारोबार हुने संघको अनुमान छ। महोत्सवमा प्रमोद खरेल, ज्योति मगर, रोज मोक्तान, बद्री पंगेनी, पशुपति शर्मा, रचना रिमाल, मनोज गजुरेललगायत अन्य चर्चित कलाकारको प्रस्तुति रहनेछ।

यता, घरासायी तथा निजी क्षेत्रको व्यापार र कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाँचखालमा ‘तेसो पाँचखाल महोत्सव २०७९’ गर्न लागिएको आयोजक तथा एसाेसिएसनका अध्यक्ष मिलन श्रेष्ठले बताए। विशेषगरी चाडपर्वलक्षित विशेष सहुलियतमा सामान बिक्री गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उनको भनाइ छ।

करिब ३० लाख लागत अनुमान गरिएको महोत्सव ६० हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव संयोजक गणेशप्रसाद काफ्लेले बताए। पाँचखाल नगरपालिका– ४ का वडाध्यक्ष सुन्दर लामाले फुटबल एसाेसिएसनले आयोजना गर्ने महोत्सवले पाँचखालको पहिचान स्थापित गर्न मद्दत पुग्ने बताए।

दुवै महोत्सव एकै समयमा जुधेकाले अवलोकनकर्तालाई भने कता जाने भन्ने चिन्ता छ। पाँचखाल महोत्सवको आयोजक पाँचखाल युनाइटेड फुटबल एसाेसिएसनले पहिले नै पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको थियो। तर, आफूहरूलाई कुनै आधिकारिक जानकारी नआएकाले महोत्सव जुधेको काभ्रे उद्योग वाणिज्य संघको दाबी छ।

ad
ad
ad
ad