योग परम्परागत चिकित्सा पद्धति र जीवनशैली हो । यो वैज्ञानिक र व्यावहारिक छ । त्यसैले आत्मअनुशासन कायम गर्दै स्वस्थ र सकारात्मक जीवन बाँच्नका लागि योग गर्नेको संख्या बढ्दो छ ।
योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्छ । मानिसका मनमा राम्रा–नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भएका हुन्छन् । त्यसैले मनमा सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्छ ।
योगले मानिसमा आफूभित्र रहेको रोगको निदान गर्न सक्छ । केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन भन्दै अथ्र्याएका छन् ।
योगले व्यक्तिको तनाव कम गर्न मात्रै नभएर मन र मस्तिष्कलाई पनि शान्त बनाउँछ । शारीरिक र मानसिक दुवै तवरले स्वस्थ रहनका लागि खाना, आराम र व्यायामको सन्तुलन मिल्नैपर्छ । यसका लागि प्राकृतिक भोजन, प्राकृतिक आराम र व्यायामको सन्तुलन मिल्न जरुरी छ ।