मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २३ बिहीबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २३ बिहीबार १३:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नक्सा पास नगरी बनाइएका पर्खाल ३५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार १३:२८:oo

काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी र मापदण्डविपरीत बनाइएका पर्खाल हटाउन निर्देशन दिएको छ। महानगरको शहरी व्यवस्थापन विभागले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र घर वा जग्गा घेर्न मापदण्ड पूरा नगरी बनाइएका पर्खाल ३५ दिनभित्र हटाउन भनेको हो।

‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र भवन निर्माणसम्बन्धी प्रचलित मापदण्डअनुकूल भएका, तर नक्सा पास नगरी निर्माण गरिएका सीमा पर्खालको नियमित प्रयोजनार्थ नक्सा पेस गर्न तथा ३५ दिनभित्र प्रचलित भवन निर्माण मापदण्डविपरीत बनाइएका सीमा पर्खाल हटाउन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।

तोकिएको समयभित्र नक्सा पेस नगरेमा वा मापदण्डविपरीतका पर्खाल नहटाएमा महानगर आफैँले पर्खाल हटाएर लागेको खर्चसमेत सम्बन्धित घरजग्गाधनीबाटै असुल गर्ने प्रस्ट पारेको छ।