मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ २२ बुधबार
  • Friday, 28 August, 2026
२o७९ भदौ २२ बुधबार १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कमला नदीमा नेपालकै दोस्रो लामो झोलुंगे पुल निर्माण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २२ बुधबार १८:३५:oo

सिराहा र धनुषाको दक्षिणी क्षेत्रलाई जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण सुरु भएको छ। सिराहा नगरपालिका– १३ मल्हनियादेखि धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठाल जोड्ने गरी कमला नदीमा करिब एक हजार ५०१ मिटर (१५००.४४ मिटर) लम्बाइको झुलुंगे पुल निर्माण सुरु भएको हो। 

सपना-उमा एन्ड कं.थानी जे.भी बतीसपुतलीले भ्याटबाहेक २१ करोड ५१ लाख १० हजार ७५३ रुपैयाँमा गत असार १२ मा निर्माण कार्यको सम्झौता सस्पेन्सन बृज डिभिजन ललितपुरसँग गरेको छ। २ वर्षभित्र (११ असार ०८१) भित्र निर्माण पूरा गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले सिराहा नगरपालिका– १३ मा पर्ने कमला नदीमा पायल धसाउने कामको सुरुवात गरेको छ।

सस्पेन्सन बृज डिभिजन ललितपुरबाट खटिएका साइट इन्जिनियर उपेन्द्र देवकोटाले मंगलबार १५ मिटर जमिनमुनि पायल धसाउने काम भएको बताएका छन्। ‘हामीले पायल गर्ने काम सुरु गर्याैँ,’ इन्जिनियर देवकोटाले भने, ‘२१ मिटर पायल गर्नुपर्छ। १५ मिटरमुनि ग्राभेल र कोइलाजस्तो कालो आइरहेको छ।’