मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २१ मंगलबार १०:३१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आयल निगमका तीन डिपो प्रमुखको सरुवा गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २१ मंगलबार १०:३१:००

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले तीन ठूला डिपोको कार्यालय प्रमुख हेरफेर गर्ने तयारी गरेका छन् । सोमबार मध्यरातिबाट निर्वाचन आचारसंहिताका कारण कर्मचारी सरुवा–बढुवा गर्न नपाइने भएपछि निगम व्यवस्थापनले अघिल्लो मिति नै राखेर भए पनि नेपालगन्जस्थित इन्धन डिपो, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालय र  पोखरास्थित गण्डकी प्रादेशिक कार्यालयको नेतृत्व हेरफेर गर्न लागेको हो ।

तीनवटै डिपो प्रमुख हेरफेरको निर्णय सोमबार साँझसम्म गर्ने तयारी थियो । सोमबार साँझ निगमको सञ्चालक समिति बैठक डाकिएको र सो बैठक लम्बिएका कारण कर्मचारी सरुवाको निर्णय हुन नसकेको स्रोतको भनाइ छ ।स्रोतका अनुसार नेपालगन्ज इन्धन डिपोको प्रमुख दीपक घिमिरे, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाका प्रमुख नवविनोद पोख्रेल र गण्डकी प्रादेशिक कार्यालय पोखराको प्रमुख इन्दु शर्मालाई केन्द्रीय कार्यालयमा पदस्थापना गर्न लागिएको छ । 

नेपालगन्ज डिपोमा जानका लागि दुर्गा पछाई, जगदीश यादव र सतिशराज ओझाले लबिङ गरेका छन् । त्यस्तै, भैरहवा कार्यालय जानका लागि कमला न्यौपाने, जगदीश यादव, मोहन शाह र चित्तरञ्जन दासले दाबी प्रस्तुत गरेका छन् भने पोखरा कार्यालयमा जानका लागि मनोहर डिसी र मनोज ढकालले लबिङ गरिरहेका छन् । आयल निगममा डिपो प्रमुखलाई आकर्षक पदका रूपमा हेर्ने गरिन्छ ।