१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २१ मंगलबार
  • Tuesday, 18 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २१ मंगलबार o७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

डेंगु संक्रमितको संख्या साढे ६ हजार नाघ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २१ मंगलबार o७:o९:oo

देशभर डेंगु संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञसहितको बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने बैठकमा डेंगु नियन्त्रणबारे ‘गाइडलाइन’ तयार पारिनेछ । बैठकमा निजी अस्पताल, सरकारी अस्पताल, स्वास्थ्य कार्यालय, स्वास्थ्यविज्ञसहितको सहभागिता रहनेछ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले बैठकमा स्वास्थ्यकर्मी र भौतिक संरचनाको व्यवस्थापनबारे पनि छलफल हुने जानकारी दिए । मन्त्रालयको सोमबारसम्मको तथ्यांकअनुसार देशभर ६ हजार ६ सयजनामा डेंगु संक्रमण पुष्टि भएको छ । अहिले १० जिल्लामा डेंगु भयावह छ । तीमध्ये ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, धादिङ, भक्तपुर, तेह्रथुम, गुल्मी, सिन्धुली र संखुवासभामा डेंगु बढी देखिएको छ । मन्त्रालयले यी जिल्लालाई प्राथमिकतामा राखेर नियन्त्रणका कार्यक्रम अघि सार्न जिल्लास्थित स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । 

स्वास्थ्य मन्त्रालयले डेंगु जाँच्ने किटको अभाव नहुने जनाएको छ । मन्त्रालयले देशैभरका स्वास्थ्य संस्थालाई निःशुल्क डेंगु परीक्षण गर्न यसअघि नै निर्देशन दिइसकेको छ । संक्रमण भयावह हुने अवस्था आएकाले मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग किट माग गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता ठाकुरले जानकारी दिए । 

मन्त्रालयका प्रवक्ता डा. ठाकुरले ९० प्रतिशतलाई डेंगु आफैँ निको हुने बताए । उनका अनुसार एडिसएजिप्ट प्रजातिको लामखुट्टेले दिउँसो टोक्दा डेंगु हुन्छ । यो सहरिया लामखुट्टे हो ।

ad
ad
ad
ad