मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २० सोमबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २० सोमबार १६:o३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से चार अंकले घट्यो, कारोबार रकम अर्बभन्दा कम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २० सोमबार १६:o३:oo

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ। आइतबार सामान्य अंक बढेर बन्द भएको नेप्से सोमबार ४.२९ अंक घटेर एक हजार नाै सय ७३.०१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.८२, फ्लोट इन्डेक्स ०.३६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४१ अंकले घटेको छ।

सोमबार कारोबारमा आएका दुई सय २४ कम्पनीको २४ लाख ४४ हजार कित्ता सेयर ९० करोड ९९ लाख चार हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। आइतबारको कारोबारमा एक अर्बभन्दा बढीको सेयर खरिद–बिक्री भएको बजारमा आज ९० करोडबराबरको मात्रै कारोबार भएको छ।

आज नेप्सका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ। जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ। तर, यता अन्य उपसमूहको परिसूचक १.०४ प्रतिशत र  वित्तको ०.५९ प्रतिशत घटेको छ।

यता, मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य ७.४३ प्रतिशतले बढेको छ। त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिडी पावरको सेयरमूल्य तीन प्रतिशतभन्दा बढी बढेको छ। तर, यता रुरु जलविद्युत् परियोजनाको ६.५५ घटेको छ। सोमबार रिडी पावर कम्पनीको नाै करोड ९६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।