मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १९ आइतबार
  • Thursday, 19 December, 2024
२o७९ भदौ १९ आइतबार १o:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगु कांग्रेसले टुंग्यायो उम्मेदवारी : सभापति शाही प्रतिनिधिसभामा सर्वसम्मत सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १९ आइतबार १o:१८:oo

कांग्रेस मुगुका जिल्ला सभापति ऐनबहादुर शाहीलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरिएको छ । शुक्रबार बसेको कांग्रेस जिल्ला कार्यसमिति बैठकले आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि शाहीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको हो ।

यसैगरी, प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारमा खस आर्यमा पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ललाई सिफारिस गरिएको छ । महिलामा धनशिला मल्ल र खुला समानुपातिकतर्फ मीन भामको नाम सिफारिस गरिएको छ । 

प्रदेशतर्फ

प्रदेश (क) अन्तर्गत प्रदेश सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवारमा खगेन्द्रबहादुर मल्ल, हरिजंग शाही र तिलकबहादुर मल्ल सिफारिस भएका छन् । प्रदेश (क) अन्तर्गत समानुपातिकतर्फका  उम्मेदवारमा महिला/ पिछडिएको क्षेत्रमा सूर्यदेवी मल्ल, खस आर्यतर्फ पदमबहादुर रावल, जनजातिमा कार्माफुन्जोक लामा, महिला/खस आर्य लक्ष्मीदेवी रावत, दलितमा भीम तिरुवा, जनजातितर्फ च्यावा लामा र फुन्जोक लामा, खुला महिलामा रमाइली रावल र दलित महिलामा खुम्मेनी कामीलाई सिफारिस गरिएको छ ।

यसैगरी प्रदेश (ख) अन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारमा खडकबहादुर शाही, रतनबहादुर शाही र लेकविक्रम शाहको नाम सिफारिस गरिएको छ ।  समानुपातिकतर्फका उम्मेदवारमा पिछडिएको क्षेत्र/खस आर्यतर्फ जन्मजय भण्डारी, महिलातर्फ गोमा गिरी र रुपकर्णा शाही, खस आर्यमा लोकबहादुर शाही र अपांगमा महेश गिरीलाई सिफारिस गरिएको छ । जिल्लामा प्रतिनिधिसभा एक, प्रदेश सभा दुई र स्थानीय तह चार रहेका छन् ।