मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १९ आइतबार ०६:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भारतीय सेनाप्रमुख आज आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १९ आइतबार ०६:००:००

भारतीय सेना प्रमुख मनोज पाण्डे पाँचदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आउँदै छन् । भारतले अग्निपथ योजना लागू गरेसँगै भारतीय सेनामा नेपाली गोर्खा भर्ती रोकिएको वेला उनको भ्रमण हुन लागेको हो ।

उनी पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आउन लागेका हुन् । सेनापति पाण्डे नेपाली सेनाको मानार्थ महारथीका रूपमा सुशोभित हुने कार्यक्रमका लागि आउन लागेका हुन् । राष्ट्रपति, प्रधानमन्त्री र प्रधान सेनापतिसँग भेटवार्ताका क्रममा अग्निपथ योजना र गोर्खा भर्तीबारे चर्चा हुनेछ ।