मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १८ शनिबार
  • Tuesday, 17 December, 2024
२o७९ भदौ १८ शनिबार १४:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यकर्तालाई ओलीको निर्देशन : निर्वाचनमा आवश्यक परे डस्न तयार हुनू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १८ शनिबार १४:o९:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले गठबन्धनको सरकारले धाँधली गर्न सक्ने भन्दै आवश्यक परे डस्न तयार भएर बस्न सचेत गराए।

सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेस नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै उनले यो सरकारले धाँधली गर्न सक्ने बताए। दुईपटकसम्म एमालेले जितेको उक्त क्षेत्र राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको उनको आरोप छ।

‘एमालेका नेता कार्यकर्ता गड्यौलाजस्तो हुने हैन। दुईटा दाँत भएकोजस्तो डस्न तयार पनि हुनुपर्छ। बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नुपर्छ,’ ओलीले भने।

मंसिर ४ गते नेकपा एमालेले बहुमतको सरकार बनाउने उनको दाबी छ। गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप लगाउँदै ओलीले एमालेले बहुमतको सरकार बनाउनैपर्ने आवश्यकता रहेको जिकिर गरे।