मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १८ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १८ शनिबार o९:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं २ मा कांग्रेस क्षेत्रीय सभापति शर्मासहित चार जनाकाे नाम सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १८ शनिबार o९:४४:oo

कांग्रेसले काठमाडौं क्षेत्र नम्बर २ मा क्षेत्रीय सभापति कविर शर्मासहित चार जनाको नाम प्रतिनिधि सभाकाे उम्मेदवारकाे लागि सिफारिस गरेको छ । प्रतिनिधिसभा उम्मेदवारकाे लागि शर्मासहित पूर्व सांसद दिपक कुइँकेल, नेता लोकेश ढकाल र मनिष कोइरालाकाे नाम  सिफारिस गरिएकाे छ ।

सत्ताघटक एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यसअघि जितेको सो क्षेत्रमा कांग्रेसले आज उम्मेदवार सिफारिस गरेको हो । नेता नेपाल गृह जिल्ला रौतहटबाट चुनाव लड्ने भएमा काठमाडौं २ मा कांग्रेसले सिफारिस गरेका चार मध्ये एकलाई उम्मेदवार बनाउनेछ ।

तर, हालसम्म नेता नेपालले कहाँबाट निर्वाचन लड्ने भन्ने बारेमा ठाेस निर्णय गरिसकेका छैनन् । एकीकृत समाजवादीले नेता नेपाललाई काठमाडौं २ बाटै उम्मेदवार बनाउन खोजेपनि कांग्रेसले यसपटक आफ्नै पार्टीको उम्मेदवार उठाउने अडान राख्दै आएको छ ।