१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १७ शुक्रबार
  • Saturday, 21 September, 2024
रासस कास्की
२o७९ भदौ १७ शुक्रबार १६:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिट बाँडफाँड सम्मानजनक हुनुपर्छ : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
रासस, कास्की
नयाँ पत्रिका
२o७९ भदौ १७ शुक्रबार १६:४३:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सत्तागठबन्धन दलमा सिट बाँडफाँडको अन्तिम गृहकार्य भइरहेको जानकारी दिएका छन्। उनले भने, ‘सिट बाँडफाँड न्यायोचित र सहमतिका साथ हुनुपर्छ। आफ्नो पार्टी सकेसम्म सबैको सम्मान हुने गरी सहमति गर्ने गरी अघि बढेको छ।’

पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघ कास्कीको प्रथम भेलाको शुक्रबार पोखरामा शुभारम्भ गर्दै उनले गठबन्धनमा सिट बाँडफाँड सम्मानजनक र सहमतिका साथ हुनुपर्ने बताए। अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चालगायतका कम्युनिस्ट पार्टीसँग पार्टी एकताको कुराकानी र वार्ता संवाद चलिरहे पनि चुनावअघि एकता नहुने स्पष्ट पारे।

‘चुनावी तालमेलपछि विचार मिल्दै गयो, काम गर्ने सोच र दृष्टिकोण मिल्यो भने सबै आन्दोलनलाई एकताबद्ध बनाउने पक्षमा छौँ। अलगअलग चुलो बाल्न चाहँदैनौँ, अलगअलग पसल थाप्न चाहँदैनौँ, सबैलाई एउटै ठाउँमा एउटै छातामुनि ल्याउन चाहन्छौँ,’ अध्यक्ष नेपालले भने, ‘चुनावअघि कसैसँग मिल्न गइरहेका छैनौँ, अहिले सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गरेर लाग्ने पक्षमा छौँ।’

अध्यक्ष नेपालले गठबन्धनको मात्र भर नपरीकन आफ्नो जिल्ला र प्रदेशमा पार्टीको नीति प्रचारप्रसार गर्न र जनवर्गीय संघ–संगठनको विस्तारमा ध्यान दिन  पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे।