१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
२o८१ असोज ५ शनिबार १८:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली हटाउने कल्पना गर्न सकिँदैनः सञ्चारमन्त्री गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार १८:५५:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानबाट संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली हटाउने कल्पनासमेत गर्न नसकिने बताएका छन्।

लमजुङको बेँसीसहरमा शनिबार आयोजित एमाले लमजुङको तेस्रो बैठकलाई सम्बोधन गर्दै एमाले उपमहासचिवसमेत रहेका गुरुङले संविधान संशोधनका वेला संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली नहट्ने बताएका हुन्।

कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने दाबी गर्दै उनले भने, ‘खासगरी संघीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा छलफल हुँदैन, ती विषय संविधानबाट हटाउने कुरा कल्पना पनि गर्न सकिँदैन।’

देशलाई आर्थिक संकटबाट जोगाउन कांग्रेस र एमालेको संयुक्त सरकार बनेको उनको भनाइ थियो। अघिल्लो सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि दुई ठुला दलले सरकारको नेतृत्व लिएको जिकिरसमेत गरे।