१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ५ शनिबार १७:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अन्नपूर्ण क्लब (आरसिटी)मा महिला सदस्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार १७:५३:oo

अन्नपूर्ण क्लब (आरसिटी)ले १९औँ साधारणसभाको अवसरमा शनिबार पहिलोपटक महिलालाई पनि सदस्यता प्रदान गरेको छ। 

यससँगै आरसिटीले महिला टिम बनाउने र प्रतियोगिता खेल्ने बाटो खोलेको छ। अध्यक्ष सुरेशकाजी शाक्यले तीन दर्जनभन्दा बढी महिला सदस्यलाई क्लबमा स्वागत गरे।

महिला टिम बनाएपछि आरसिटीले भने एन्फा वुमेन्स लिगमा सहभागिता जनाउन पाउनेछ। साधारणसभाका अवसरमा क्लबले पूर्वअध्यक्ष विजयनारायण मानन्धरलाई विशेष सम्मान पनि गरेको थियो। 

क्लबलाई बलियो बनाउन पुर्याएको योगदानका लागि उनलाई सम्मान गरिएको हो। ६ पटकको सहिद स्मारक लिग ‘ए’ विजेता आरसिटी अहिले ‘बी’ डिभिजनमा रहेको छ।