१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Saturday, 21 September, 2024
२o८१ असोज ६ आइतबार o२:२९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आयोजकले उचाल्यो जितपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o२:२९:oo

आयोजक सिमरा भेट्रान क्लबले जीतपुरसिमरा चौथो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । सिमरा रंगशालामा शनिबार साँझ सम्पन्न फाइनल खेलमा सरस्वती नगर भेट्रान क्लब काठमाडौंलाई २–० ले पराजित गर्दै आयोजकले उपाधि उचालेको हो ।

आयोजकको जीतमा कृष्ण शाक्य र विनोद परियाले एक–एक गोल गरे । प्रतिस्पर्धात्मक फाइनल खेलको अन्तिम समयमा आयोजकले दुई गोल गरेको थियो । खेलको अन्तिम समयमा सिमरालाई पेनाल्टीको अवसर दिने रेफ्रीको निर्णयप्रति काठमाडौंले असन्तुष्टिसमेत जनायो ।

जितसंगै आयोजक टिमले तीन लाख प्राप्त गरेको छ भने उपविजेता काठमाडौंले एक लाख ५० हजार पाएको छ । विजेता तथा उपविजेता टिमका खेलाडीलाई मधेश प्रदेशका युवा, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले मधेश प्रदेशका सचिव मनोज पौडेल, सशस्त्र प्रहरी उपरीक्षक मोहन खत्री, प्रहरी नायक उपरीक्षक चिरञ्जिवी दाहाल, मधेश प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरी, पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष हेमन्त चौरसिया, आयोजक क्लबका अध्यक्ष बिजय राउतलगायतले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक क्लबका सूर्यमान तामाङ घोषित भए । उनले ४२ इन्चको एलइडी टिभी प्राप्त गरे । अल्ट्रा अभियान वीरगन्जले सर्वोत्कृष्ट खेलाडीलाई टेलिभिजन उपलब्ध गराएको हो । 
विधागततर्फ प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजक क्लबका कृष्ण शाक्य, उत्कृष्ट डिफेन्डर सरस्वती नगरका अनल आचार्य, उत्कृष्ट मिडफिल्डर सरस्वती नगरका हर्कराज गुरुङ, उत्कृष्ट फरवार्ड सरस्वती नगरका युवराज भुजेल, उत्कृष्ट गोलरक्षक आयोजक क्लबका सुनिल तामाङ घोषित भए ।

फाइनल खेलको प्लेयर अफ दि म्याचको पुरस्कार आयोजक क्लबका रमेश गुरुङले प्राप्त गरे । सिमरा भेट्रान क्लबको आयोजनामा १ असोजदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १४ टिमको सहभागिता थियो।