१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ५ शनिबार २३:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

माल्दिभ्समा नेपाल पुलिस च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार २३:o१:oo

विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार माल्दिभ्सको मालेमा भएको खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई सोझो सेटमा हराउँदै पुलिस अपराजित रहँदै उपाधि जित्न सफल भयो ।

पहिलो सेट पुलिसले २५–१६ ले जित्यो । प्रतिस्पर्धात्मक दोस्रो खेलमा पुलिस २५–२२ ले विजयी हुँदै २–० को अग्रता बनाउन सफल भयो । अन्तिम सेटमा पुलिस  २५–२३ ले जित निकाल्दै पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो ।

नेपालको लिगको विजेताका हैसियतमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो ।
पुलिसले यसै प्रतियोगिताका लागि एपिएफबाट स्पाइकर निरुता ठगुन्ना र  मिडब्लकर सरस्वती चौधरी तथा न्यु डायमन्डबाट मिडब्लकर सुमित्रा रेग्मी अनुबन्ध गरेको थियो । तीन राष्ट्रिय टोलीका खेलाडीसँगै पुलिसमा उषा भण्डारी, कामना विष्ट, पुनम चन्द र शान्ति तामाङ थिए । 

पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३–० सेटमा पराजित गरेको थियो । पुलिसले श्रीलंकाको श्रीलंका एयरफोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई पनि सोझो सेटमा पराजित गरेको हो । यसअघि लिग चरणको अन्तिम खेलमा भने पुलिसले घरेलु टोली वाम्कोलाई रोमाञ्चक खेलमा ३–२ सेटले हराएको हो ।