१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
२o८१ असोज ५ शनिबार १८:३९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

महाकाव्यकार अर्याललाई महालक्ष्मी साहित्य पुरस्कार प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार १८:३९:oo

मकवानपुरको अग्रणी साहित्य संस्था मातृभूमि साहित्य समाज मकवानपुरले यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार, २०८० महाकाव्यकार मुना अर्याललाई प्रदान गरेको छ। 

०५९ देखि महालक्ष्मी विकास बैंकले निरन्तर प्रायोजन गर्दै आएको ५१ हजार नगद राशिको महालक्ष्मी साहित्य पुरस्कार, २०८० अर्याललाई प्रदान गरिएको हो। लामो समयदेखि साहित्य क्षेत्रमा योदान पुर्‍याउँदै आएकी अर्याललाई महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले उक्त पुरस्कार दिने संयुक्त निर्णय गरेको थियो। 

अर्याललाई पुरस्कार समर्पण कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, समाजका कृष्णप्रसाद दाहाल, बैंकका क्षेत्रीय प्रबन्धक शम्भुप्रसाद पराजुलीलगायतले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेका हुन्। 

यसअघि गतवर्षको महालक्ष्मी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिएको थियो।

शनिबार नै मकवानपुरका अग्रज शिक्षासेवी बद्रीनाथ शर्मा अर्याललाई यस वर्षको ‘मकवानपुर श्री सम्मान’बाट सम्मानित गरिएको छ। मकवानपुर जिल्लामा रही शिक्षा क्षेत्रबाट जिल्लाको उन्नयनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका शर्मालाई ‘मकवानपुर श्री’ सम्मान प्रदान गरिएको हो।

यसैगरी, यस वर्षको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार– ०८० हेटौँडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ। न्यौपानेलाई दश हजार राशिसहित पुरस्कार प्रदान गरिएको हो। उक्त पुरस्कार समाजसेवी ईश्वर मैनालीद्वारा आफ्ना बुबाको स्मृतिमा स्थापना गरेका हुन्।

कार्यक्रममा समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष ह्यग्रिव आचार्य, बैंकका क्षेत्रीय प्रबन्धक पराजुली, हेटौँडा शाखा प्रबन्धक अनन्तराज धिताल, सम्मानित व्यक्तित्वहरूका साथै मकवानपुरका विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो।