१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १७ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १७ शुक्रबार १६:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमान्–श्रीमती दुवैलाई टिकट दिने परिपाटी बन्द होस् : कांग्रेस सांसद लामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १७ शुक्रबार १६:२८:oo

नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले आगामी निर्वाचनमा श्रीमान् र श्रीमती दुवैलाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद लामाले श्रीमान् र श्रीमती दुवै उम्मेदवार भए उम्मेदवारी खारेज गर्ने नियम बनाउन निर्वाचन आयोगलाई अनुरोध गरे।

‘श्रीमानले प्रत्यक्ष टिकट पायो भने श्रीमतीले समानुपातिकमा, श्रीमान् समानुपातिकमा भए श्रीमती प्रत्यक्षमा हुने परिपाटी हटाउनुपर्छ। किनभने श्रीमान्–श्रीमती दुवै सांसद हुँदा अरू हरेक पार्टीका कार्यकर्ताले टिकट नपाउने र त्याग–तपस्यालाई सधैँ समस्या परिरहने। निर्वाचन आयोगले नियमावली संशोधन गरेर अब श्रीमान् र श्रीमती दुईवटै उम्मेदवार भए खारेज गर्ने नियम बनाउनुपर्छ,’ उनले भने। 

सांसद लामाले नेपाली भूमि लिपुलेक कहिले फिर्ता आउँछ ? भन्दै सरकारलाई प्रश्नसमेत गरेका छन्। उनले भने, ‘म अहिलेको सरकारलाई पनि सोध्न चाहन्छु, लिपुलेक हाम्रो जमिन हो । त्यो छिमेकीसँग वार्ता गरेर जमिन कहिले फिर्ता आउँछ ?’