१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७९ भदौ १७ शुक्रबार ११:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक कांग्रेसले सिफारिस गर्‍यो उम्मेदवार 

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७९ भदौ १७ शुक्रबार ११:३६:००

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिन्धुपाल्चोक कांग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिले उम्मेदवार छनोट गरेर जिल्ला कार्यसमितिमा पठाएको हो । दुई प्रतिनिधिसभा र चार प्रदेश सभाका लागि तीन दर्जनभन्दा बढीको नाम सिफारिस गरिएको छ ।

दुवै क्षेत्रीय सभापतिद्वय बालकृष्ण बस्नेत र आइतमान तामाङले कार्यसमिति बैठकबाट उम्मेदवार सिफारिस गरेका हुन् । आज बस्ने जिल्ला कार्यसमिति बैठकले क्षेत्रबाट सिफारिस भएर आएको उम्मेदवारको नाम अनुमोदन गरेर बागमती प्रदेश र पार्टी केन्द्रमा पठाउने उपसभापति दोर्जे लामाले जानकारी दिए । 

प्रतिनिधिसभा १ का लागि केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको एकल नाम सर्वसम्मत सिफारिस भएको छ । क्षेत्र नम्बर २ मा ६ जनाको नाम सिफारिस गरिएको छ । पूर्वकेन्द्रीय सदस्य विष्णुविक्रम थापा, महासमिति सदस्य राजु गोर्खाली, इन्द्रावती गाउँपालिका पूर्वअध्यक्ष वंशलाल तामाङ, जिल्ला कार्यसमितिका पूर्वउपसभापति शिव सुनार, पूर्वसचिव बिलबहादुर तामाङ र अनुप न्यौपाने रहेका छन् ।

संघीय क्षेत्र नं. १ को प्रदेश ‘क’ मा ११ जना सिफारिस भएका छन् । सिफारिस भएकाहरूमा दोर्जे लामा, भोला बोहरा, विष्णुबहादुर खत्री, साङ्बो शेर्पा, गंगाबहादुर श्रेष्ठ, मसिना खड्का, देवीबहादुर बुढाथोकी, भीमप्रसाद पौडेल, वेदबहादुर श्रेष्ठ, कमल श्रेष्ठ र चित्रबहादुर बस्नेत रहेका छन् । प्रदेश ‘ख’मा नौजनाको नाम सिफारिस भएको छ । देवेन्द्र खड्का, राजेन्द्रकुमार श्रेष्ठ, जंगबहादुर लामा, केदार क्षेत्री, श्रवण जिसी, सगुन श्रेष्ठ, रूपकाजी लामा, रामकुमार तामाङ र शर्मिला घिमिरे सिफारिसमा परेका हुन् । 

प्रतिनिधिसभा २ को प्रदेश ‘क’ मा ७ जनाको नाम सिफारिस भएको छ । टंक कार्की, विकास तामाङ, राजेन्द्रमान ताल्चाभँडेल, देवप्रसाद बानियाँ, अनिलकुमार तामाङ, भूपेन्द्र थापा र उद्धव बानियाँ सिफारिसमा पर्न सफल भए । प्रदेश ‘ख’ मा कृष्णकुमार तामाङ, पासाङ दोङ, विष्णु खड्का, मधुसूदन सिग्देल, सागर श्रेष्ठ र निमा लामा रहेका छन् । समानुपातिकतर्फ पनि दुई दर्जनभन्दा बढीको नाम सिफारिस गरिएको छ ।