१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १७ शुक्रबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १७ शुक्रबार o८:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

स्वतन्त्र उम्मेदवारहरूको ‘लौरो अभियान’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १७ शुक्रबार o८:२८:oo

आगामी ४ मंसिरको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको तयारीमा रहेको समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेको छ । स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा रहेको एउटा समूहले बिहीबार ललितपुरस्थित हेरिटेज गार्डेनमा अभियानको घोषणा गरेको हो । 

कार्यक्रममा उनीहरूले साझा घोषणापत्र, चुनाव चिह्न र साझा उम्मेदवारी घोषणा गरे । उम्मेदवारी घोषणामा उनीहरू राष्ट्रिय झन्डा ओढेर सार्वजनिक भएका थिए । काठमाडौं ८ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका सुमन सायमीको नेतृत्वमा उनीहरू संगठित भएका हुन् । कार्यक्रममा सायमीसहित सातजनाले प्रतिनिधिसभा र चारजनाले प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे । 

प्रतिनिधिसभातर्फ मधुसुदन पाठक ‘सिते बा’ले काठमाडौं ५, विद्या श्रेष्ठ महर्जनले काठमाडौं ९, ई. रोहन कार्कीले काठमाडौं २, राजाराम तण्डुकारले ललितपुर ३, भीष्म रानाले रूपन्देही ५, सुमन सायमीले काठमाडौं ८ र दह्रो स्तम्भ लोकेन्द्रले भक्तपुर २ बाट उम्मेदवारी घोषणा गरे ।

त्यस्तै, प्रदेश सभातर्फ गजेन्द्रकुमार भगतले उदयपुर १ (क), विनोद बजगाईंले काठमाडौं २ (क), अनिलकुमार पाण्डेले महोत्तरी २ (ख) र विजय कालिकोटेले सुनसरी १ (क) बाट उम्मेदवार बन्ने जनाए । उम्मेदवारी घोषणा गरेकाहरूले आफूहरूले लौरो चुनाव चिह्नबाट उम्मेदवारी दिने बताए ।

स्वतन्त्र उम्मेदवारहरूको नेतृत्व गरिरहेका सायमीले गत ३० वैशाखको स्थानीय निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा प्रतिस्पर्धा गरेका थिए । पराजित भए पनि उनले लोकप्रिय मत पाएका थिए । 

ad
ad
ad
ad