मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १६ बिहीबार १७:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली बिल बनाएर भुक्तानी लिने उच्च अदालतका तत्कालीन रजिस्ट्रार कटवालविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १६ बिहीबार १७:१८:००

श्रीमतीलाई करारमा जागिर खुवाउनेदेखि नक्कली बिल बनाएर भुक्तानी लिनेसम्मका अनियमितता गर्ने उच्च अदालतका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। चार लाख ९८ हजार ९९५ बिगो कायम गरी आयोगले बिहीबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

पदको दुरुपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाएर आफैँ स्वीकृत गरी स्वयंले शोधभर्ना लिने, सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा दिपायल मुकाममा होटेल खर्च भएको स्वीकृत गरी बिल भरपाई बनाएर भुक्तानी दिएको आयोगको आरोप छ।

त्यस्तै, कतिपयमा स्टोरकिपरमा शोधभर्ना भई भुक्तानी लिने, व्यवसायीहरूसँग अफिसको हिसाबकिताव मिलाउन भनी बिल ल्याएर हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, किर्ते गरी मिति सच्याएर भ्रमण काजको भुक्तानी लिनेलगायतको फर्जी कार्यको सदर गरी चार लाख ९८ हजार नौ सय ९५ भुक्तानी दिएका थिए । 

त्यस्तै, उनले नक्कली कागजात बनाएर श्रीमतीलाई हलुका सवारीचालकको भुक्तानी दिएको आरोप-पत्रमा उल्लेख छ । स्थायी शिक्षकका रूपमा कार्यरत श्रीमतीलाई ०७६ चैतदेखि चार महिनाका लागि कम्प्युटर अपरेटर पदमा आफैँले करार सम्झौता गरेको कागजात बनाई पारिश्रमिक भुक्तानी निवेदनलगायतका कागजात तयार गरी अदालतको लेखा शाखामा तोकादेश गरी एक लाख १२ हजार भुक्तानी लिने प्रयास गरेको आयोगले जनाएको छ ।