१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १२ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १२ आइतबार २२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

माओवादीले २० भदौभित्र उम्मेदवार सिफारिस गर्ने     

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १२ आइतबार २२:५o:oo

माओवादीले आसन्न निर्वाचनका लागि २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएकोे केन्द्रीय सदस्य सुनिता गौतमले बताइन् । 

‘अध्यक्षले एक, दुई, तीन गरेर वैकल्पिकसहित नाम सिफारिस गर्न निर्देशन दिनुभएको छ,’ गौतमले भनिन् । निर्वाचनकेन्द्रित गरी बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने बैठकको निर्णय छ । 

पोलिटब्युरो सदस्य युवराज चौलागाईंका अनुसार २० भदौभित्र उम्मेदवारको टुंगो लगाउने र जसले टिकट पाए पनि सहयोग गरेर जाने निर्णय भएको छ । बैठकले केन्द्रीय सदस्यको कार्यविभाजनसमेत गरेको छ ।

बैठकमा जिल्ला इन्चार्जले संघ र प्रदेशको निर्वाचनको तयारी र पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । ०७४ को निर्वाचनमा जितेको क्षेत्र छाड्न नहुनेमा उनीहरूको जोड थियो ।

बैठकमा प्रचण्डले आगामी निर्वाचनमा पाँचदलीय गठबन्धन कायम रहने र वाममोर्चाको समेत अभ्यास गरिने बताएका छन् । आगामी निर्वाचनमा माओवादी दोस्रो पार्टी बन्ने उनले दाबी गरे । माओवादीकै नेतृत्वमा कम्युनिस्ट ध्रुवीकरण हुने उनको भनाइ छ । 

क्रान्तिकारीहरूलाई एकताबद्ध गर्ने दायित्व माओवादीकै भएको उनको भनाइ छ । एकीकृत समाजवादीलाई पनि समेटेर लैजानुपर्नेमा प्रचण्डले जोड दिएका थिए । 
 

 

ad
ad
ad
ad