१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
२o८१ असार १२ बुधबार o९:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा सर्पले टोकेर एकजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o९:१५:oo

दाङमा घाँस काट्ने क्रममा सर्पले टोक्दा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर– १९ बाँसगढीनिवासी ५५ वर्षीया पारू चौधरीलाई आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पले टोक्दा मृत्यु भएको हो ।

मंगलबार दिउँसो साढे ३ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए  ।